निर्वाचन आयोगद्वारा निर्वाचन सामाग्री पठाउन शुरु

२८ असोज २०७९

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामाग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यलयमा पठाउन शुरु गरेको छ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले शुक्रबार प्रदेश १ का लागि आठ ट्रक सामान पठाईएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य प्रदेशका लागि आवश्यक निर्वाचन सामाग्री पनि धमाधम पठाउने तयारी भइरहेको छ । यसैबीच शुक्रबार निर्वाचन आयोगको केन्द्रीय कार्यलय बहादुर भवनमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै सचिव दुवाडीले निर्वाचन आयोग मतदाताहरूलाई निर्वाचन शिक्षा प्रदान गर्न काम गरिरहेको बताउनुभयो । ‘मतदाता शिक्षाका लागि मुख्य प्रशिक्षक प्रशिक्षण’ दिन आयोजित कार्यक्रममा उहाँले मतदातालाई मतादान केन्द्रसम्म ल्याएर बढिभन्दा बढि मतदान गराउन र बढिभन्दा बढि सदर मत गराउन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
मतदाता शिक्षा सञ्चालन गर्न निर्वाचन आयोगको भूमिकामा सरोकारवाला राजनीतिक दहरुले पनि सहयोग गर्नुपर्नेभन्दै स्थानीय सरकारले पनि यसामा ध्यान दिनुपर्ने बताउनुभयो ।