उम्मेदवार स्वर्णिम वाग्लेलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँको निर्देशन
१० वैशाख २०८०

जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लले मिति २०८० वैशाख ७ गते राती १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि आज मिति २०८० वैशाख १० गते निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) र (घ) प्रतिकूल हुने गरी सामाजिक सञ्जालमामार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी प्राप्त भएकाले उम्मेदवार वाग्लेलाई स्पष्टिकरण सोधेको छ ।
‘निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी मतदाता प्रभावित पार्ने कार्य गर्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ