समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन
२० माघ २०८२

संवत् २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल ३,१३५ (तीन हजार एक सय पैंतीस) उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को उपदफा (६) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम प्रकाशन गरिएको छ ।
समानुपातिक निर्वाचन प्रणाली, निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा १,७७२ महिला र १,३६३ पुरूष उम्मेदवार रहनुभएको छ । अन्तिम बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइट www.election.gov.np मा हेर्न सकिने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

