प्रतिनिधिसभा सदस्य निर्वाचनः आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल
१८ माघ २०८२

काठमाडौँ– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना गर्ने गरेको पत्रकार सम्मेलनका अवसरमा आज यहाँ सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता उल्लङ्घनका घटनाबारे नागरिकले प्रमाणसहित उजुरी दिनसक्ने गरी अलग्गै इमेलको व्यवस्था गरिएको जानकारी दिनुभयो । त्यसका लागि ecn.coc@election.gov.np मा इमेलमा उजुरी पठाउन सकिने र त्यसरी उजुरी गर्नेको पहिचान गोप्य राखी आवश्यक कारबाही अगाडि बढाउने उहाँले बताउनुभयो ।
जिल्ला आचारसंहिता अनुगमन समितिले समेत जिल्ला–जिल्लामा यस्ता अलग्गै इमेलको व्यवस्था गरेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोह (तस्बिरहरू)
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले व्यक्त गर्नुभएको मन्तव्य

