निर्वाचन इ—बुलेटिनको शुभारम्भ
२८ असोज २०७९

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन इ—बुलेटिन सञ्चालन गरेको छ । आयोगले स्थापना गरेको प्रेस अफिसको संयोजनमा सञ्चालित भएको सो इ—बुलेटिनको आज आयोजित कार्यक्रमबीच आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुभारम्भ गर्नुभयो । उहाँले सञ्चारमाध्यम र सम्बद्ध पक्षलाई आयोगका निर्णय, गतिविधि र निर्वाचनका सूचनाहरु अनलाइनका रुपमा प्रवाह गर्न उक्त सेवा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

