प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
२४ कार्तिक २०७९

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेट गर्नुभयो ।
उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।




