उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवक तालिम

२८ चैत २०७९

आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीन वटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन गरेको छ ।बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रति वडा दुई जना मतदाता शिक्षा स्वयंसेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं. २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं. २ मा उपसचिव सूर्यप्रसाद अर्यालले गर्नुभएको थियो ।
निर्वाचन हुने एक साता अघिदेखि सातदिनसम्म मतदाता शिक्षा स्वयंसेवकले मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् ।

तनहुँ जिल्लामा रहेका सुरक्षा निकायसँग उपनिर्वाचनको तयारी एवं सुरक्षा व्यवस्था बारे छलफल गर्नुहुँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर ।

मतदान स्थलको निरीक्षण पछि सामूहिक तस्बिर खिचाउँदै निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर ।