प्रमुख निर्वाचन आयुक्त थपलिया र नेपालका लागि जापानका राजदूत युताका किकुता बीच शिष्टाचार भेट

१६ कार्तिक २०७९

प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियासँग नेपालका लागि मित्रराष्ट्र जापानका महामहिम राजदूत युताका किकुताले  आज निर्वाचन आयोगमा शिष्टाचार भेटघाट गर्नुभयो । उक्त भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको  निर्वाचन सम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भयो। प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य  निर्वाचनको अवलोकन गर्न समेत महामहिम राजदूतलाई आमन्त्रण गर्नुभयो।