धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापकद्वय राई र घिमिरेलाई स्पष्टीकरण

निर्वाचन अायाेगले धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छापूर्ण राई र किरण घिमिरेलाई स्पष्टीकरण साेधेकाे छ । सामाजिक सञ्जालमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएको सन्दर्भमा स्पष्टीकरण साेधिएकाे हाे ।
स्पष्टीकरण पत्रमा भनिएकाे छ– निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा “कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने” र ऐ. दफाको खण्ड (ज) मा “सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने” व्यवस्था छ । कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे छ ।
(क) तपाईंले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गरेको होईन भन्ने आधार प्रमाण के छ?
(ख) तपाईंबाट दलका उम्मेदवारको प्रचारप्रसार गर्ने कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १० को खण्ड (क) र (ज) को उल्लंघन हुने हुँदा तपाईंलाई निर्वाचन आचारसंहिताका उल्लेखित दफाहरुको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना र साेही ऐनको दफा ४४ बमोजिम विभागीय कारवाही किन हुनु नपर्ने हो?

