आयुक्त मननीय सगुन शम्शेर जबरालाई मातृशोक

१० पुष २०७९

निर्वाचन आयोगका माननीय निर्वाचन आयुक्त श्री सगुन शमशेर जबरालाई मातृशोक परेको छ । जबराको ममतामयी माता श्रीमती उर्मिला राणाको ७४ वर्षको उमेरमा मिति २०७९ साल पौष १० गते बिहान ८ः१५ बजे भएको असामयिक निधनबाट आयोग र आयोग परिवार स्तब्ध भएको छ । श्रीमती उर्मिला राणाको असामयिक निधनप्रति मिति २०७९ पौष १० गते आयोगको आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गर्दै यस दुखद घडीमा मृतआत्माको चीरशान्तिको कामना सहित शोक सन्तप्‍त सम्पूर्ण परिवारजनप्रति आयोग र आयोग परिवार हार्दिक समवेदना व्यक्त गर्दछ ।