अग्रज प्रमुख निर्वाचन आयुक्त श्री सुरेन्द्र बहादुर बस्नेतको निधनप्रति आयोगद्वारा दुःख व्यक्त

१० पुष २०७९

निर्वाचन आयोगलाई संवैधानिक मान्यताप्राप्त भएपछि पहिलो प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्त भई मिति २०२३ असोज १० गतेदेखि २०२४ जेठ १५ सम्म निर्वाचन आयोगको नेतृत्व प्रदान गर्नुभएका आदरणीय अग्रज प्रमुख निर्वाचन आयुक्त श्री सुरेन्द्र बहादुर बस्नेतको ९४ वर्षको उमेरमा मिति २०७९ साल पौष १० गते विहान भएको असामयिक निधनले आयोग र आयोग परिवार स्तब्ध भएको छ । वहाँको असामयिक निधनप्रति मिति २०७९ पौष १० गते निर्वाचन आयोगको आकस्मिक बैठक बसी शोक प्रस्ताव पारित गर्दै यस दुखद घडीमा मृत आत्माको चीरशान्तिको कामना सहित शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति निर्वाचन आयोग र आयोग परिवारले भावपूर्ण समवेदना व्यक्त गरेको छ । नेपालको निर्वाचन सञ्चालन तथा व्यवस्थापनको ईतिहासमा स्व‍. बस्नेतले पुर्‍याउनु भएको योगदानको जगमा लोकतान्त्रिक मूल्य, मान्यता र व्यवसायिकता प्रवर्द्धन गर्दै स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा संवैधानिक ब्यवस्था बमोजिमका सबै निर्वाचन सम्पन्न गर्न आयोग सफल हुँदै आएकोमा वँहाले पुर्याउनु भएको योगदान एवम् प्रेरणाको आयोगले उच्च सम्मान समेत व्यक्त गरेको छ ।