गुल्मीको अर्वेनी र सुर्खेतको सिम्तामा पुनः मतदान सम्पन्न

६ मंसिर २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक विवादका कारण स्थगन भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा आज शान्तिपूूर्णरूपमा पुनः मतदान सम्पन्न भएको छ ।

निर्वाचन आयोगका संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार अर्वेनीमा ६६ दशमलव १ प्रतिशत र सिम्तामा ६८ दशमलव ३५ प्रतिशत मतदान भएको छ ।