१२:४५ सम्म ३२ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि आज भइरहेको मतदान छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक रूपमा भइरहेको छ । अपरान्ह १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मतदान भएको छ ।
सामान्य विवादका कारण केही समय मतदान रोकिएका मतदान केन्द्रमा पुनः मतदान सुचारु भइसकेको आइतबार १ः०० बजे निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलन जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘‘केही मतदान केन्द्रहरूमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको छ ।”
मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान कार्य सुचारु गर्न र साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगसँगको परामर्शमा मात्र गर्न आयोगले मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।
मतदाता नामावली नाम नभेटिएमा आयोगको कल सेन्टर निशुल्कः टोल फ्रि नम्बर ११०२ मा फोन गरेर जानकारी लिन सकिनेछ । बाजुराका केही स्थानमा भएको विवाद समाधान गर्ने प्रयास भइरहेको छ । उहाँले मतदान सम्पन्न भइसकेपछि आजै रातिदेखि मतगणना कार्य शुरु हुने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोह (तस्बिरहरू)
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा आयोजित जलपान समारोहमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूले व्यक्त गर्नुभएको मन्तव्य

